‘घडी हातैमा’ बोलको गीत सार्वजनिक

‘घडी हातैमा’ बोलको गीत सार्वजनिक


दार्चुला : उपेन्द्र सिंह ठगुन्नाको लय स्वर, शब्द र सिर्जना रहेको ‘घडी हातैमा’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा स्वयम् ठगुन्ना, केशव धामी र सन्तोष लुहारको स्वर छ । लोकदोहोरी गीतको भिडिओमा जोन बम र मोडेल आयुस्मा कार्कीको अभिनय रहेको छ ।

गीतको भिडिओ खिचडी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लक्ष्मण ठगुन्नाको प्रायोजन रहेको उक्त गीतमा दुई प्रेमीको माया प्रेमको गहिरो भाव सँगै भेट्ने इच्छालाई व्यक्त गरिएको छ । समीर ठोकरको डायरेक्सन तथा कोरियोग्राफी र सुशील डाँगीको छायांकनमा रहेको उक्त गीतको पोस्ट प्रोडक्सन एक्सन मिडियाले गरेको छ । गीतको रेकर्डिङ सङ्करा डिजिटल र अलिसा डिजिटलमा भएको हो ।

‘नाच्चिकन सुवा’ बोलको देउडा गीत ल्याएका उनको यो दोस्रो गीत हो । उपेन्द्र सिंह ठगुन्ना (खर्कालो) अपि कला संस्कृति तथा साहित्यिक मञ्चका अध्यक्ष पनि हुन् । प्रथम दार्चुला आइडल उत्कृष्ट १० मा परेका उनले विगतमा अपि कलामार्फत विभिन्न ठाउँमा जनचेतनामूलक सडक नाटक तथा साँस्कृतिक कार्यक्रम देखाइ सकेका छन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *