दार्चुला : लेकम गाउँपालिका–३ रतौडाको सत्तेश्वर महिला आर्थिक सशक्तिकरण केन्द्रले दोस्रो वार्षिकोत्सव मनाएको छ । केन्द्रले बिहीवार आफ्नो दोस्रो वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको हो ।

सीडाको आर्थिक सहयोग तथा अक्सफार्म नेपालको प्राविधिक सहयोगमा सामुदायिक ग्रामिण विकास समाज नेपालद्धारा सञ्चालित ट्रोसा–२ परियोजना
अन्तर्गत गठन गरिएको सत्तेश्वर महिला आर्थिक सशक्तिकरण केन्द्रले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको ट्रोसा परियोजनाका फिल्ड सुपरभाइजर जगत सिंह ऐरीले जानकारी दिए ।

वार्षिक उत्सवका अवसरमा केदार आधारभूत विद्यालय रतौडालाई फोहर व्यवस्थापनका लागि ३ थान डस्टबिन, कुचो, हात धुने साबुन, शैचालयमा प्रयोगमा आउने सामग्री र अन्य सरसफाईका सामग्री वितरण गरिएको उनले बताए । सामुदायिक सरसफाई र महिला सशक्तिकरणका क्षेत्रमा समूहले काम गर्दै आइरहेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

