स्नातक तहमा भर्ना

स्नातक तहमा भर्ना

दार्चुला : उच्च शिक्षाअन्तर्गत स्नातक तहमा भर्ना सुरु गरिएको छ। सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसले शैक्षिक सत्र २०८३/०८४ का लागि स्नातक तहका विभिन्न कार्यक्रमहरूमा विद्यार्थी भर्ना तथा प्रवेश परीक्षा सम्बन्धी सूचना सार्वजनिक गरेको छ।
क्याम्पसले शिक्षा संकायअन्तर्गत बी.एड. व्यवस्थापन संकायअन्तर्गत बी.बी.एस. तथा मानविकी संकायअन्तर्गत बी.ए./बी.डी.एस. कार्यक्रममा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेको हो।

क्याम्पस प्रमुख नरेन्द्र राज अवस्थीका अनुसार बी.एड. कार्यक्रममा अंग्रेजी, नेपाली, गणित र जनसंख्या, बी.बी.एस. कार्यक्रममा वित्तशास्त्र, बजारशास्त्र र लेखाशास्त्र तथा बी.ए./बी.डी.एस. कार्यक्रममा विकास अध्ययन र समाजशास्त्र विषय अध्ययन गराइनेछ। क्याम्पसले प्रत्येक कार्यक्रमका लागि छुट्टाछुट्टै आवेदन फाराम बुझाउने मिति, प्रवेश परीक्षा सञ्चालन हुने समय र नतिजा प्रकाशनको तालिका समेत सार्वजनिक गरेको छ।

बी.एड. प्रवेश परीक्षा शुल्क रु. १,००० र बी.बी.एस.को रु. ५०० निर्धारण गरिएको छ। प्रवेश परीक्षा सम्पन्न भएपछि श्रावण २५ गते अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने र भदौ २ गतेदेखि नियमित कक्षा सञ्चालन हुने क्याम्पसले जनाएको छ।

भर्नाका लागि आवश्यक शैक्षिक योग्यता, आवश्यक कागजात तथा आवेदन प्रक्रिया सम्बन्धी विस्तृत जानकारी क्याम्पसको सूचनामा उल्लेख गरिएको छ। इच्छुक विद्यार्थीहरूलाई तोकिएको समयभित्र आवेदन दिई प्रवेश परीक्षामा सहभागी हुन क्याम्पस प्रशासनले आग्रह गरेको छ । भर्ना कार्यक्रम प्रवेश परीक्षाको नतिजाको दिनदेखि भाद्र २ गतेसम्म रहेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *