चौलानी नदीमा पुरुषको शव फेला
दार्चुला : दार्चुलाको चौलानी नदीमा वेवारिसे शव फेला परेको छ । बुधवार दिउँसो लेकम गाउँपालिका–१ खेतालस्थित चौलानी नदीमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । शवको पहिचान हुन नसकेको उनले बताए । नदीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवलाई गोकुलेश्वर अस्पतालमा राखिएको छ । ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले शवको पहिचानका लागि मृतकको फोटो










