राप्रपा दार्चुलाले भोलि विरोध प्रदर्शन गर्दै
दार्चुला : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रवार दार्चुलामा विरोध प्रदर्शन गर्दैछ । संवैधानिक राजसंस्था, जनताबाट निर्वाचित कार्यकारी प्रमुख तथा बैदिक सनातन सहितको हिन्दुराष्ट्र, भ्रष्टाचारका अन्त्य र प्रदेश खारेजीको माग गर्दै राप्रपाले दार्चुलामा विरोध प्रदर्शन गर्न लागेको हो । बिहान ११ बजे खुलामञ्चमा जम्मा भई बजार परिक्रमा संगै र्याली निकालिने राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीले जानकारी दिए । उनका अनुसार खुलामञ्चमा जम्मा भएर बजार परिक्रमा गर्ने र जनसभा गर्ने कार्यक्रम रहेको









