दार्चुला : दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ३ ले वडाका विद्यार्थीलाई वडाकै सामुदायिक विद्यालयमा भर्ना गर्न अपिल गरेको छ । मंगलवार वडा अध्यक्ष उपेन्द्र सिंह धामीले एक सूचना जारी गर्दै वडाभित्रका अभिभावकलाई आफ्ना छोराछोरीलाई वडाकै सामुदायिक विद्यालयमा भर्ना गर्न अपिल गरेका हुन् ।
नयाँ शैक्षिक सत्र सुरु भएसँगै भर्ना अभियान पनि प्रारम्भ भएको छ । ‘वडा नम्बर ३ स्थायी ठेगाना भई आफ्ना बालबालिकाहरुलाई यस वडाका विद्यालयभन्दा बाहिर भर्ना गरि अध्ययन गराइरहेका सम्पूर्ण अभिभावकहरुलाई नयाँ शैक्षिक सत्र २०८२ देखि वडा अन्तर्गतका सामुदायिक विद्यालयहरुमा भर्ना गरि दिन अपिल गर्दछौ,’ वडा अध्यक्ष धामीद्धारा हस्ताक्षरित अपिलमा भनिएको छ ।
साथै हाम्रा सामुदायिक विद्यालयहरु पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम रहेको हुँदा वडाका विद्यालयको सेवा क्षेत्रभित्रका बालबालिकालाई पाइक पर्ने विद्यालयमा भर्ना गर्न हुन् अनुरोध गरिएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?