दुहुँ गाउँपालिका–१ मा बालविवाह न्युनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम
दार्चुला : दुहुँ गाउँपालिका–१ को श्री पिपलचौरी मावि विणमा बालविवाह न्युनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । दुहुँ गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण ईकाइको आयोजना, सामुदायिक ग्रामिण विकास समाज नेपाल र गुड नेवर्स ईन्टरनेशनल नेपालको सहजिकरणमा मावि विणमा बालक्लवका पदाधिकारी र बालबालिकाहरूका लागि १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो । कक्षा ८, ९ र १० का विद्यार्थीहरु माझ कार्यक्रम गरिएको सीआरडीएस नेपालका शिक्षा अधिकृत उदय बोहराले जानकारी दिए ।