दार्चुलामा तीन लाख मूल्य बराबरको भन्सार छलीका समान बरामद
सांकेतिक तस्वीर
सांकेतिक तस्वीर
दार्चुला : दार्चुला जिल्ला सदरमुकाम खलंगास्थित खुलामन्चमा कभर्ड हल निर्माण हुने भएको छ । कभर्ड हल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको छ । डीपीआर तयारका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्राविधिक टोली दार्चुला पुगेर आवश्यक कार्य गरिरहेको जिल्ला खेलकुद समिति दार्चुलाका अध्यक्ष मान सिंह बुढाथोकीले जानकारी दिए । आइतवार दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू र राखेपका प्राविधिक नविन थापाले कभर्ड हल निर्माण
दार्चुला : दार्चुलामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका–५ भिडका अन्दाजी ५० वर्षीय अकबिर सिंह धामी बिहीवार साँझ मृत अवस्थामा फेला परेका हुन् । असोज २६ गते घरबाट नौगाड गाउँपालिका–४ सिप्टी जान्छु भनी हिडेका धामी दोस्रो दिन पनि घर नआए खोजी गरिएको थियो । खोजी गर्दै जाँदा घरबाट करिब ५ सय मिटर टाढा मृत अवस्थामा बिहीवार फेला परेको आफन्तले बताएका छन् । उनी बाटो भन्दा १००
नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको टी–२० शृंखलामा विजयी सुरुवात गरेको छ । आज बिहान भएको पहिलो खेलमा नेपालले घरेलु टोली अमेरिकालाई १७ रनले हराएको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्रै बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए । नेपालले दोस्रो खेल आइतबार र तेस्रो तथा अन्तिम खेल सोमबार खेल्नेछ।
दार्चुला : ६९ औं प्रहरी दिवस–२०८१ विविध कार्यक्रम गरी मनाइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश दाहालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको प्रमुख आतिथ्यतामा दिवस समारोह मनाइएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्राङ्गणमा रहेको अमर प्रहरी स्मारकमा पुष्प गुच्छाद्वारा श्रद्धाञ्जली अर्पण गरेर दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले दिवसको शुभारम्भ गरेका थिए । सोही अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा प्रेषित शुभकामना सन्देश
दार्चुला : नेकपा माओवादी केन्द्र दार्चुला कात्तिक ४ गतेदेखि गाउँ केन्द्रीत हुने भएको छ । बुधवार नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दार्चुलाले पत्रकार सम्मेलन गर्दै कात्तिक ४ गतेदेखि कात्तिक १३ गतेसम्म पालिका केन्द्रीत हुने जनाएको हो । १० दिने अभियान सञ्चालन गरेर दशैँ, तिहारको शुभकामना आदानप्रदान गर्ने र पालिका बैठकहरु गर्ने माओवादी केन्द्रले बताएको छ । जिल्ला सदरमुकाम खलंगामा असोज २९ र ३० गते दुई दिन चलेको जिल्ला समन्वय
दार्चुला : दार्चुलामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५ सय ६० क्विन्टल बढी चामल बिक्री गरेको छ । यहि असोज ४ गतेदेखि सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ छुट मूल्य पसलबाट पाँच सय ६० दशमलव २५ क्विन्टल चामल बिक्री भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाका प्रमुख जयकिसन प्रसाद चौधरीका अनुसार असोज २३ गतेसम्म शाखा कार्यालयबाट ४ सय ७० क्वीन्टल र अपिहिमालस्थितको खण्डेश्वरी डिपो कार्यालयबाट
दार्चुला : प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक छत्र बहादुर रावतसहित ५ प्रहरी सम्मानित भएका छन् । उत्कृष्ठ कार्य सम्पादन गर्ने ५ जना प्रहरी कर्मचारी ६९ औँ प्रहरी दिवसको अवसरमा एक समारोहका बीच सम्मानित भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कान्ति राज जोशीले जानकारी दिए । सम्मानित हुनेमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक छत्र बहादुर रावत, प्रहरी नायव निरीक्षक केशव
दार्चुला : दार्चुलामा भन्सार छलीका समानसहित एक जना पसल सञ्चालक पक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिका–४ भगवती टोलस्थितको अमित किराना तथा थोक पसलबाट भन्सार छलीको समानसहित पसलका सञ्चालक देवेन्द्र सिंह ठगुन्नालाई पक्राउ गरिएको हो । मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले ठगुन्नाको पसलमा छापा हान्दा बिल नभएका, भारतबाट भन्सार छली गरि ल्याइएका चामल, पिठो, चिनी, तेल, बिडी, चाउमिन, त्रिपाल, सलाई लगायतका समान फेला
दार्चुला : नेपाल विद्युत प्राधिकरण, दार्चुला वितरण केन्द्रलाई नागरिक समाज दार्चुलाले ध्यानाकर्षणसहितको ज्ञापन बुझाएको छ । बुधवार समाजका अध्यक्ष महेश प्रसाद भट्टद्धारा नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रलाई ज्ञापन बुझाइएको हो । लामो समयदेखि दार्चुलाको विद्युत सेवा नियमित र भरपर्दो नभएकाले यसको छिटो समाधान गर्न ज्ञापन बुझाइएको अध्यक्ष महेश प्रसाद भट्टले जानकारी दिए । बिना लोडसेडिङ पनि विद्युत गइरहने हुँदा सास्ती बेहोर्नु परिरहेको र कहिलेकाही हाई भोल्टेजका कारण विभिन्न विद्युतीय