बालबालिकामा लगानी वृद्धि गर्न ९ वटै स्थानीय तहको प्रतिबद्धता
दार्चुला : दार्चुलाका नौ वटै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा बालबालिकाका क्षेत्रमा लगानी वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलवार सामुदायिक विकास केन्द्र (सीडीसी) डोटीको आयोजना, सेभ द चिल्ड्रेनको सहयोग तथा जिल्ला समन्वय समिति दार्चुलाको समन्वयमा आयोजित “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा मार्मा गाउँपालिकाका अध्यक्ष जमन सिंह धामीले बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै










