सडकले अपिहिमालको पालिका केन्द्र जोडिदै

सडकले अपिहिमालको पालिका केन्द्र जोडिदै

दार्चुला : विकट भूगोलमा रहेको अपिहिमाल गाउँपालिकाको केन्द्र अब सडक सञ्जालमा जोडिन थालेको छ । अपिहिमाल गाउँपालिकाको वडा नम्बर ६ र ५ मात्रै सडकले छोएको अपिहिमाल गाउँपालिकामा अहिले वडा नम्बर ३ को गौडेखोलासम्म सडक पुगेको छ । अहिले सडकको ट्याक खुलाउने प्रयास तीव्र रुपमा भइरहेको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिए । उनका अनुसार यसै आर्थिक वर्षभित्र सडक काफलधारसम्म जोडिने छ ।

मकरीगाडबाट भट्टारसम्मको कडा चट्टानी भाग छिचोलेर अब सहज ठाउँमा सडक निर्माण अघि बढेको छ । अध्यक्ष बोहराले भने–‘पारिबगड–मकरीगाड सडक स्तरोन्नतिको ठेक्का लागिसकेको छ । दुई वर्षभित्र कालोपत्रेसहित स्तरोन्नति सकिनेछ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी मकरीगाडमा मोटेरबल पुल निर्माणको ठेक्का भएको छ । पालिकाको केन्द्र वडा नम्बर ४ र ३ जोड्ने सडकमा सात करोड बजेट सुनिश्चित भएकोले आगामी आर्थिक वर्षमा सडक निर्माण पालिका केन्द्र पुग्नेछ ।’ मकरीगाडबाट माथि जान सडक नहुँदा त्यहाँ स्थानीयलाई निक्कै नै सास्ती थियो ।

खण्डेश्वरीसम्मको मात्रै प्रतिकिलो १० रुपैयाँभन्दा बढी भाडामा समानको ढुवानी हुँदै आएको छ । यहाँको सडक निर्माणमा बिएनबी कन्स्ट्रक्सन सुर्खेतले काम गरिरहेको छ । पालिका केन्द्र जोडने गरी निर्माण हुने सडकमा आगामी वर्ष प्रदेश सरकारको नीति तथा कार्यक्रममा यो सडकलाई प्राथमिकतामा राखेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *