दार्चुलामा जीप दुर्घटना हुँदा १० जना घाइते
दार्चुला : दार्चुलामा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ आइरहेको से १ ज १०२२ नम्बरको जीप बिहीवार दिउँसो साढे १२ बजेतिर मालिकार्जुन गाउँपालिका–८ धामीगडामा दुर्घटना भएको हो । जीप अनियन्त्रित भएर सडक छेउको नालीमा खस्दा जीपमा सवार १० जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए । उनका अनुसार घाइते हुनेमा मालिकार्जुन गाउँपालिका–८ थकतोली बस्ने अन्दाजी वर्ष










