समाचार

मार्माका बाढी पहिरो पीडित परिवारलाई राहत वितरण

दार्चुला : दार्चुलाको मार्मा गाउँपालिकाका बाढी पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको छ । मार्मा गाउँपालिकाको समन्वयमा शुक्रवार अक्सफाम नेपालको आर्थिक सहयोगमा सिआरडिएस नेपाल दार्चुलाले बाढी पहिरो पीडित परिवारलाई खाद्यान्नसहितको राहत सामाग्री वितरण गरेको हो । मार्माका बाढी पहिरो पीडित ३५ परिवारलाई खाद्य सामाग्रीसहित सेल्टर किट र हाईजिन किट लगायतका राहत सामाग्री वितरण गरिएको सामुदायिक ग्रामिण विकास समाज (सिआरडिएस) नेपाल दार्चुलाका कार्यकारी निर्देशक अशोक ओझाले जानकारी दिए । मार्मा गाउँपालिकाका

दार्चुला भन्सारद्वारा लक्ष्यभन्दा १७ प्रतिशत बढी राजस्व संकलन

दार्चुला : दार्चुला भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । लक्ष्यको १७ प्रतिशत बढी राजश्व संकलन गरिएको दार्चुला भन्सार कार्यालयका प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिए । गत वर्ष कार्यालयले ५० लाख ७० हजार लक्ष्य राखेको थियो । गत आर्थिक वर्षमा ५९ लाख २९ हजार ९ सय ३५ रुपैयाँ राजस्व रकम संकलन भएको हो । वार्षिक लक्ष्यभन्दा ८ लाख ५९ हजार ९ सय ३५ बढी

सिवाईसीद्वारा महिलाहरुलाई वित्तीय साक्षरता र सीप विकास तालिम

दार्चुला : सिवाईसी नेपाल लघुबित्त वित्तीय संस्थाले महिलाहरुलाई एक दिने वित्तीय साक्षरता र सीप विकास तालिम प्रदान गरेको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ पन्डोराका महिलाहरुलाई वित्तीय साक्षरताका साथसाथै कृषि व्यवसाय सम्बन्धी सीप विकास तालिम दिइएको हो । सिवाईसी नेपाल लघुबित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दार्चुलाको आयोजनामा शुक्रवार महिलाहरुलाई एक दिने वित्तीय साक्षरता र मौसमी तथा बेमौसमी कृषि खेती सम्बन्धी प्राविधिक ज्ञान दिईएको शाखा प्रबन्धक जनक राज

दार्चुलामा २५ सय बढी सवारी साधन कारबाहीमा

दार्चुला : दार्चुलामा ट्राफिक नियम उल्लङ्घन गर्ने २५ सय बढी सवारी साधनलाई कारबाही गरिएको छ । आर्थिक वर्ष २०८०÷८१ मा ट्राफिक नियम उल्लघंन गर्ने २ हजार ५ सय ३६ सवारी साधनलाई कारबाही गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रमुख एवं प्रहरी सहायक निरीक्षक मदन बहादुर ऐरका अनुसार जिल्लामा सबैभन्दा बढी १ हजार ५ सय ८ जीप, कारलाई कारबाही गरिएको छ । यस्तै १ सय १७ ट्रक, २१ बस,

एक बर्षमा ७ सय ९४ सरकारी कर्मचारीले जागिर छाडे

काठमाडौं । सेवा अवधि बाँकी रहँदै एक बर्षमा ७ सय ९४ निजामति सेवामा कार्यरत कर्मचारीले जागिरबाट विदा लिएका छन्। चालु आर्थिक वर्ष २०८०/८१ मा ७ सय ९४ निजामती कर्मचारीले सेवावधि बाँकी रहँदै राजीनामा बुझाएको किताबखानामा रेकर्ड छ। किताबखानाका अनुसार सेवावधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी (कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, मालीलगायत) छन्। किताबखानाको रेकर्ड अनुसार सुरुदेखि अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिर अवधि बाँकी रहँदै

यार्सा सिजनः के रामायणका लक्ष्मणलाई यार्साले नै बचाएको थियो ?

काठमाडौं । यो सिजनको यार्सागुम्बा टिप्न गएका तीन जनाले ज्यान गुमाएका छन्। दुई जनाको लेक लागेर र एकजना भीरबाट लडेर मृत्यु भएको मृत्यु भएको छ। लेक लागेर सिकिस्त एकजनाको उपचार भैरहेको स्थानीय प्रशासनले जनाएको छ। तीन वर्षअघि यसैगरी यार्सा टिप्न गएका १० जनाले ज्यान गुमाएका थिए। तीमध्ये ७ जनाको लेक लागेर, २ जनाको लडेर र एक जना बच्चाको चिसोले कठाङ्ग्रिएर ज्यान गएको थियो। यो वर्ष पाटन ठूलो कोइकिमा लेक लागेर

दमकी बिरामी खडायतको उपचारका क्रममा मृत्युभएपछि..

दार्चुला : दार्चुलामा दमकी बिरामी रहेकी एक महिलाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका-१ बलाँचकी अन्दाजी ४० वर्षीया मिना खडायतको बुधवार उपचार गर्दागर्दै मृत्यु भएको हो । बिहान शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित शैल्यशिखर पोलिक्लिनिकमा उपचार गराउन गएकी उनको त्यहाँ सुई लगाउँदा मुटुको धडकन बढेको र अन्त जान भनेपछि आफन्तले गोकुलेश्वर अस्पताल पुगाउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले उनको शव गोकुलेश्वर अस्पतालमै रहेको जनाइएको छ ।

सगरमाथामा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पाइला टेकेको सात दशक पूरा

काठमाडौं । आज अन्तराष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ। ७१ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा आज ( मे २९) को दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ। मानव र सगरमाथा बिचको सामिप्य बुझाउन यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने नारा तय गरी सगरमाथा दिवस मनाउन लागेको हो। नेपाल सरकारले सन् २००८ देखि मे २९ तारिखमा अन्तर्राष्ट्रिय रुपमै दिवसका रुपमा मनाउन निर्णय गरेको थियो। पर्वतीय पर्यटनको

शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि छुट्टाइएको बजेट चालु आर्थिक वर्षको भन्दा ६ अर्बले बढी हो । तर कुल बजेटको प्रतिशतको हिसाबले शिक्षा क्षेत्रमा चालु वर्षमा भन्दा न्यून बजेट विनियोजन गरिएको छ । २०८०।०८१