समाचार

बैतडीमा नेपाल टेलिकमको टावरमा तोडफोड

बैतडी : बैतडीमा नेपाल टेलिकमको टावरमा तोडफोड भएको छ। जिल्लाको सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावरमा अज्ञात समूहद्वारा तोडफोड भएको हो।  टावरमा राखिएको कृषि विकास बैंकको सर्भर उपकरण समेत तोडफोड गरिएको छ । स्थानीय क्षेत्रमा इन्टरनेट नचलेपछि गाँजरीमा रहेको कृषि विकास बैङ्कले सेवा उपलब्ध गराउन असर्मथ रहेको सूचना समेत जारी गरेको छ। घटना व्यक्ति अथवा समूह कसले गराएको हो भन्ने यकीन हुन नसकेको प्रहरीकाे भनाइ छ।  भदौ १५ गतेबाट

बाँदर धपाउने क्रममा भीरबाट लडेर एकको मृत्युु

दार्चुला : दार्चुलामा एक जनाको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका-१ साङपाङका अन्दाजी ४५ वर्षका उदय सिंह ठगुन्नाको बरभगे भन्ने भीरको छेउतिरबाट लडेर मृत्युु भएको हो । स्थानीय प्रेम बडालका अनुसार बुधवार बिहान ९ बजेतिर ठगुन्नाको बाँदर धपाउने क्रममा भीरबाट लडेर घटनास्थल मै मृत्युु भएको हो । ठगुन्ना भीरबाट करिब ३०० मिटर तल खसेका थिए ।

३७ व्यापारी ताक्लाकोट गए

दार्चुला : चीन जोड्ने दार्चुलाको उत्तरी नाका टिंकर भञ्याङ हुदै ३७ जना व्यापारी तिब्बतको ताक्लाकोट गएका छन् । यहि भदौ १२ गते उनीहरु बन्दोवस्तीका सामानसहित व्यापार गर्न ताक्लाकोट गएका हुन् । कोरोना कालदेखि बन्द रहेको टिंकर नाका खुला भएसँगै पहिलो पटक २०८१ साउन ४ गते ब्याँस गाउँपालिका–१ छाङ्गरु र टिंकरका २७ जना व्यापारी ताक्लाकोट गएका थिए । भदौ १२ गते १६ जना महिला र २१ जना पुरुष गरी ३७ जना

मालिकार्जुन नमुना मावि धापमा अंग्रेजी शिक्षक अभाव

दार्चुला : महाकाली नगरपालिका–७ धापमा रहेको मालिकार्जुन नमुना माविमा कक्षा ११ र १२ मा अंग्रेजी शिक्षक अभाव रहेको छ । उक्त विद्यालयमा गत बैशाखदेखि शिक्षक अभाव रहेको हो । कक्षा ११ र १२ मा पढाउने राहत अनुदान कोटाका शिक्षक पुस्कर सिंह रैखोला प्रावि तहमा स्थायी नियुक्त भएपछि विद्यालयमा शिक्षक अभाव रहेको हो । रैखोलाले चैत अन्तिम तिर स्थायीको नियुक्ती बुझेका थिए । विद्यालयमा अंग्रेजी शिक्षक अभाव हुँदा पठनपाठन प्रभावित भएको

अपिहिमालको खण्डेश्वरी माविका छात्राहरुमा रुने, कराउने समस्या

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका–४ स्थितको खण्डेश्वरी मावि क्षेत्तीका छात्राहरुमा रुने, कराउने र बेहोस हुने समस्या देखा पर्न थालेको छ । केहि दिनदेखि छात्राहरुमा यो समस्या देखिएको विद्यालयका निमित्त प्रधानाध्यापक लक्ष्मण राज जोशीले जानकारी दिए । प्राथनाका बेला छात्राहरु बेहोस हुने, चिच्याउने गर्न थालेका छन् । जसले गर्दा पठनपाठन अवरुद्ध हुने अवस्था सृजना भएको उनले बताए । एक जनाले रुन, कराउन थालेपछि बिस्तारै अन्य छात्राहरूमा पनि सोही समस्या हुने गरेको

एक व्यक्तिले चमेलिया पुल बन्द गरेपछि..

दार्चुला : आइतवार बिहान १० बजेतिर दार्चुलाको गोकुलेश्वरका एक व्यक्तिले दार्चुला-बैतडी जोड्ने चमेलिया माथिको मोटरेवल पुल बन्द गरे । आफ्नो जग्गामा मोटरेवल पुल निर्माण भएको भन्दै उनले एकाएक मोटरेवल पुल बन्द गरेका हुन् । शैल्यशिखर नगरपालिका-९ बस्कोटका तिलक साउँदले बासको बार लगाएर केहि समय मोटरेवल पुलमा आवागमन बन्द गरेको ईप्रका गोकुलेश्वरले जनाएको छ । पुलमा आवतजावत बन्द गरेपछि अहिले साउँदलाई ईप्रका गोकुलेश्वरले नियन्त्रणमा लिएको छ । भने पुलमा आवागमन सुचारु

जीप भीरमा अड्किएपछि..

दार्चुला : खलंगा-दल्लेख सडक खण्डको मालबेला पहिरो भएको ठाउँमा जीप दुर्घटना हुनबाट जोगिएको छ । शनिवार महाकाली नगरपालिका-३ काटैबाट खलंगातर्फ आइरहेको ना १ ज ३०७१ नम्बरको जीप दुर्घटना हुनबाट जोगिएको हो ।बिहान १० बजेतिर मालबेला पहिरोको छेउ नजिकै ब्रेक फेल भएपछि जीप सडकबाट अघि बढेर भीरमा अड्किएको हो ।जीपमा ६/७ जना सवार रहेका थिए । उनीहरु सकुशल रहेका छन् । भीरमा अड्किएको जीप निकाल्ने प्रयास भइरहेको छ । अहिले उक्त

दार्चुलामा पनि भित्रिदै खैरो हेरोइन, दुई युवक पक्राउ

दार्चुला : दार्चुलामा खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरबाट सोही वडाका राम बहादुर चन्द र लेकम गाउँपालिका-२ का शन्तोष जोशी खैरो हेरोईनसहित पक्राउ परेका हुन् । शुक्रवार दिउँसो शन्तोष जोशीको कोठाबाट ४ सय मिलिग्राम खैरो हेरोईन (ब्राउन सुगर) फेला पारि उनीहरुलाई नियन्त्रणमा  लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । गत शुक्रबार मात्रै गोकुलेश्वरबाट तीन जनालाई ९८०

दार्चुलामा पनि भित्रिदै खैरो हेरोइन, दुई युवक पक्राउ

दार्चुला : दार्चुलामा खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरबाट सोही वडाका राम बहादुर चन्द र लेकम गाउँपालिका-२ का शन्तोष जोशी खैरो हेरोईनसहित पक्राउ परेका हुन् । शुक्रवार दिउँसो शन्तोष जोशीको कोठाबाट ४ सय मिलिग्राम खैरो हेरोईन (ब्राउन सुगर) फेला पारि उनीहरुलाई नियन्त्रणमा  लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । गत शुक्रबार मात्रै गोकुलेश्वरबाट तीन जनालाई ९

मालिकार्जुनका जनप्रतिनिधि र कर्मचारीको भ्रमण र अनुगमन खर्च २५ लाख

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा जनप्रतिनिधि तथा कर्मचारीहरुको अनुगमन तथा भ्रमणमा २५ लाख रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको अनुगमन तथा मुल्याङ्कन शीर्षकमा १० लाख रुपैयाँ र भ्रमण खर्चमा १५ लाख रुपैयाँ विनियोजन गरिएकोमा २५ लाख पूरै खर्च भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले दिएको जानकारी अनुसार अनुगमन मूल्याकंन, सेवाकालिन तालिम, कर्मचारी सरुवा भ्रमण, पदाधिकारी भ्रमण तथा बिशिष्ट व्यक्तिहरुको सत्कार